लागुऔषधले समाजमा पार्ने असर तथा दुई पुस्ता बिचको द्धन्दमा आधारित रहेर निर्माण गरिएको युवापुस्ता लक्षित फिल्म 'सायद' भोली शुक्रबारबाट राजधानीका डेढ दर्जन पर्दामा रिलिज हुनेछ ।अहिलेको बहुप्रतिक्षित फिल्म सायदलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन् । सुनिल रावल, झरना थापा, संयम पुरी, विल्सनविक्रम राई, रितिका लामा, अनिता दाहाल, अराज केशब, किशोर सम्वाहम्फे, गोपाल यक्तेन लगायतले अभिनय गरेको सो चलचित्रमा करिश्मा मानन्धर तथा बाबु बोगटीले अतिथि कलाकारको भूमिका निर्वाह गरेका छन् ।




























